२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चितवनमा पाँच महिनामा १२ गैँडा र १ बाघको मृत्यु

images

  • २०८१ पुस ६, शनिबार
  • 1.6K
    SHARES
  • चितवनमा पाँच महिनामा १२ गैँडा र १ बाघको मृत्यु

    काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्ज तथा यसको आसपासका क्षेत्रहरूमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बाह्रवटा गैँडा मृतावस्थामा फेला परेका छन्।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत गैँडामध्ये चार भाले, पाँच पोथी र तीनवटा लिङ्ग पहिचान हुन नसकेका गैँडा रहेका छन्। तीमध्ये एउटा गैँडा विद्युतीय करेन्ट प्रयोग गरी मारिएको पाइएको छ।

    यसै अवधिमा निकुञ्जमा एउटा बाघ पनि मृतावस्थामा फेला परेको छ। मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा दुई बाघ आपसमा जुध्दा करिब छ वर्षको बाघ मरेको थापामगरले जानकारी दिए।

    पाँच महिनाको अवधिमा गैँडाको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृतक दुवैजना नवलपुर बर्दघाट सुस्तापूर्वका बासिन्दा रहेको जनाइएको छ।

    निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रणका क्रममा एक सय ५० जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि गैँडा मारेर खाग तस्करी, बाघसम्बन्धी अपराध, बिना अनुमति बँदेल पाल्ने, घाँस-दाउरा काट्ने, माछा मार्ने र निउरो टिप्ने जस्ता गैरकानुनी कार्यमा संलग्न भएको आरोप लागेको छ।

    उनीहरूलाई आवश्यक कानुनी कारबाही गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ