२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौँमा चिसो थप बढ्यो, न्यूनतम तापक्रम झन् तल झर्‍यो

images

  • २०८१ पुस ६, शनिबार
  • 1.8K
    SHARES
  • काठमाडौँमा चिसो थप बढ्यो, न्यूनतम तापक्रम झन् तल झर्‍यो

    काठमाडौँ : काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। शनिबार (आज) न्यूनतम तापक्रम शुक्रबारको तुलनामा १ डिग्री सेल्सियसले घटेर ३.८ डिग्री सेल्सियसमा पुगेको छ।
    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा यो तापक्रम देखिएको हो। हिजो शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।

    मौसमविद् पुडासैनीले भने “गएराति आकास पूर्ण रूपमा सफा भएकाले तापक्रम घट्न पुगेको हो।"
    आजको आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे मात्र मौसम महाशाखाले घोषणा गर्नेछ। त्यससमयसम्म तापक्रम थप घट्न सक्ने सम्भावना रहेको छ।

    आज दिनभर काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

    काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने अपेक्षा गरिएको छ। हिजो शुक्रबार अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो।

    मौसम महाशाखाका अनुसार, आज काठमाडौँ उपत्यकामा सूर्य बिहान ६ बजेर ५१ मिनेट १९ सेकेन्डमा उदाएको थियो भने साँझ ५ बजेर १४ मिनेट २८ सेकेन्डमा अस्ताउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ