काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सो निर्णयलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।
बैंकले लगातार दोस्रो वर्ष पनि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको हो। आर्थिक वर्ष २०७९/८० मा समेत एक्सेलले कुनै लाभांश वितरण गरेको थिएन।



