काठमाडौँ : हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदलीका साथै एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
मौसम परिवर्तनले यात्रामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



