२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटी एक्सप्रेस र जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स सम्झौता, नेपालीलाई थप सुविधा

images

  • २०८१ पुस ३, बुधबार
  • 1.3K
    SHARES
  • सिटी एक्सप्रेस र जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स सम्झौता, नेपालीलाई थप सुविधा

    काठमाडौं : दुबईमा ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र नेपालका सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सञ्चालन गर्ने औपचारिक सम्झौता भएको छ।

    सम्झौतापछि दुबईमा रहेका नेपालीहरूले जोयालुकास एक्सचेन्जको सुविधा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै पैसा पठाउन सक्नेछन्। नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजारभन्दा बढी एजेन्टमार्फत रकम सजिलै भुक्तानी गर्न सकिने छ। साथै पठाएको रकम जुनसुकै बैंक खातामा जम्मा गर्न वा मोबाइल वालेटमा लोड गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

    सिटी एक्सप्रेसले यो साझेदारीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छिटो, सुरक्षित र विश्वासिलो सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। १८ वर्षभन्दा लामो अनुभव भएको सिटी एक्सप्रेसले संसारभरका ग्राहकलाई गुणस्तरीय रेमिटेन्स सेवा दिँदै आइरहेको छ।

    हालै सिटी एक्सप्रेसले "सिटी पे वालेट" मार्फत अनलाइन भुक्तानी सेवाको पनि सुरुआत गरेको छ। यसले नेपाली उपभोक्तालाई डिजिटल भुक्तानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    यो सहकार्यले दुबईमा रहेका नेपाली समुदायका लागि आर्थिक कारोबारलाई अझ सरल र सुरक्षित बनाउने छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ