कात्तिक १९, काठमाडौं : ७ औं दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२३ को राष्ट्रिय छ्नोट प्रतियोगिताको लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिताबाट लमजुङ जिल्लाका १२ जना कराते खेलाडी छनोट हुनु भएको छ। कार्तिक १९ पोखरा रंगशालामा भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा गण्डकी प्रदेसका ९ ओटा जिल्लाका खेलाडिहरुको सहभागीता रहेको थियो।
छनोट हुने खेलाडिहरुमा हर्षली गुरुङ, प्रतीक्षा नेपाली, सृष्टि नेपाली, आशिष् बिक, सन्नी गुरुङ, मिलन तामाङ, भुमिका बस्नेत, जाहिरा मिया, सुनिल गुरुङ, अंकित गुरुङ, सरोज तामाङ र प्रिती तामाङ रहेका छन।
छनोट भएका खेलाडिहरुले कार्तिक २१ देखि २३ गते सम्म काठमाडौमा हुने राष्ट्रिय स्तरको छनोट प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन। छनोट भएका लमजुङ जिल्लाका खेलाडिहरुको सम्पुर्ण खर्चहरु जिल्ला खेलकुद बिकास समिती, लमजुङले उपलब्ध गराउने अध्यक्ष योग बहादुर गुरुङ ज्युले बताउनु भएको छ।
प्रदेश स्तरीय छनोट प्रतियोगिताना लमजुङ जिल्लाबाट २३ जना खेलाडिहरुले सहभागी जनाउनु भएको थियो।



