काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका छन्।
उक्त बैठक संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगद्वारा आयोजना गरिएको हो। पुस २ देखि ३ गतेसम्म सञ्चालन हुने बैठकमा क्षेत्रीय आर्थिक विकासका विषयमा छलफल हुनेछ।
बैठकमा एसिया र प्रशान्त क्षेत्रका देशका अर्थतन्त्र तथा वित्तीय सुधारका उपायबारे व्यापक विचारविमर्श हुने अपेक्षा गरिएको छ।



