२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्थ समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित

images

  • २०८१ पुस १, सोमबार
  • 1.2K
    SHARES
  • अर्थ समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित

    काठमाडौं : गणपूरक संख्या नपुगेपछि आजको अर्थ समितिको बैठक स्थगित भएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न बोलाइएको बैठक गणपूरक संख्या पूरा नहुँदा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए।

    प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार समितिको बैठक सञ्चालनका लागि गणपूरक संख्या तत्काल कायम सदस्य संख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ। तर हाल समितिमा २३ सदस्य रहे पनि सभापति चालिसेसहित जम्मा आठ जना मात्र उपस्थित भएपछि बैठक अघि बढ्न सकेन।

    सुरक्षित कारोबार विधेयकमाथि छलफल गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बैठकमा बोलाइएको थियो। तर अर्थमन्त्री पौडेलको अनुपस्थितिले बैठकमा छलफल सम्भव हुन सकेन। सभापतिले बैठकको नयाँ मिति चाँडै तय गरिने जानकारी दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ