काठमाडौँ : काठमाडौँ महानगरपालिकाका पूर्व मेयर र नेपाली कांग्रेसका वरिष्ठ नेता पिएल सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ।
पेटसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेता सिंहको पार्थिव शरीर आज बिहान ११ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको निवास चक्सिबारीमा राखिनेछ। त्यसपछि श्रद्धाञ्जलि दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घण्टासम्म राखिने तयारी गरिएको छ।
उनको अन्त्येष्टि आजै गरिनेछ।



