२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.3K
    SHARES
  • लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन

    काठमाडौं : नेपालका केबल, तार तथा कन्डक्टर उत्पादनको क्षेत्रमा अग्रणी लिट्मस इन्डस्ट्रीजले देशमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

    २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता रहेको यस प्रविधिले आयातमा निर्भरता कम गर्न, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्न र उच्च कार्यक्षमताका पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ।

    यी कन्डक्टरहरू ईएन ५० हजार ३ सय ९७ र आईएस ३ सय ९८ भीआई मापदण्डअनुसार प्रमाणित छन्। एडभान्स्ड जर्मन प्रविधिमा आधारित निर्माण प्रक्रियाले उच्च इन्सुलेशन र टिकाउपनाका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, डीप–वाटर क्युरिङ, स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षण समावेश गरेको छ।

    यसले नेपालका विविध र चुनौतीपूर्ण भूभागहरूमा पनि यी कन्डक्टरहरूको दीर्घकालीन कार्यक्षमता सुनिश्चित गर्दछ।

    वातावरणमैत्री र उच्च कार्यक्षमता 

    ११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष रूपमा जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउन डिजाइन गरिएका हुन्। वातावरणमैत्री र टिकाउ विशेषताले गर्दा यी कन्डक्टरहरूले मर्मत खर्च घटाउनुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

    यी नवीन उत्पादनहरूले घरेलु ऊर्जा पूर्वाधारलाई मात्र नभई सीमा–पार बिजुली निर्यातमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

    क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी

    नेपालको ऊर्जा पूर्वाधार सुदृढ गर्दै, लिट्मस इन्डस्ट्रीजले क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको छ। यसले कम्पनीको गुणस्तर, दिगोपन र प्रविधि विकासप्रतिको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ।

    लिट्मस इन्डस्ट्रीजले यसअघि पनि घरायसी तार, औद्योगिक केबल र वातावरणमैत्री हलोजन–रहित इकोवायरजस्ता उच्च गुणस्तरीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ।

    मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादनमार्फत कम्पनीले नेपालको ऊर्जा आत्मनिर्भरता र पूर्वाधार विकासलाई थप सुदृढ गर्दै, नेपाली केबल उद्योगमा आफ्नो अग्रणी स्थानलाई मजबुत बनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ