२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महालक्ष्मी विकास बैंकले सुविधाजनक भुक्तानी सेवासँगै ल्यायो नयाँ ‘डिजिटल भुक्तानी केन्द्र’

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.4K
    SHARES
  • महालक्ष्मी विकास बैंकले सुविधाजनक भुक्तानी सेवासँगै ल्यायो नयाँ ‘डिजिटल भुक्तानी केन्द्र’

    काठमाडौं : महालक्ष्मी विकास बैंकले आफ्नो शाखा कार्यालय दरबारमार्गमा एक कार्यक्रमका बीच डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ। बैंकले ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रदान गर्ने आफ्नो नीति अनुसार डिजिटल भुक्तानी केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सेवाहरु उपलब्ध गराउने जनाएको छ।

    यस केन्द्रमार्फत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले भिसा शुल्क, विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुको आवेदन र अध्ययन शुल्क, पिटिई, स्याट, युएसएमएलई, जिआरआई, एसीसीए जस्ता कोर्सको शुल्क तथा सेभिज शुल्कको भुक्तानी सुविधायुक्त तरिकामा उपलब्ध गराउने जनाएको छ।

    यो नयाँ सेवा शुरु भएपछि ग्राहकहरुले नविनतम भुक्तानीका माध्यमहरु मार्फत शुल्क भुक्तानी गर्ने इच्छा राख्ने समस्याको समाधान हुने विश्वास बैंकले व्यक्त गरेको छ। यसअघि बैंकले नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि नेपाल क्लियरिङ हाउससँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

    डिजिटल भुक्तानीका नयाँ माध्यमहरुको प्रयोगमा महालक्ष्मी विकास बैंक सधैं प्रतिबद्ध रहेको र नेपालभर रहेका शाखा सञ्जाल र मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ