२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज कस्तो रहला मौसम?

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.6K
    SHARES
  • आज कस्तो रहला मौसम?

    काठमाडौं :  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

    आज दिउँसो देशभर आंशिक बदली हुने सम्भावना भए पनि मौसम मुख्यतया सफा नै रहनेछ। रातिको समयमा पनि अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    तराई र उपत्यकाका धेरै स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ भने केही स्थानमा कुहिरोको असर देखिन सक्छ। यसले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा आंशिक प्रभाव पार्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ