काठमाडौँ : देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा छ।
तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु देखिएको छ भने केही ठाउँमा कुहिरो लागेको छ।
बुधबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहनुका साथै अन्य भूभागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।
राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ।



