२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड बराबरी गर्दै,भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य

images

  • २०८० कात्तिक १९, आइतबार
  • 896
    SHARES
  • विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड बराबरी गर्दै,भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य

    विराट कोहलीले आफ्नो ३५ औं जन्मदिनमा ४९ ओडी शतक प्रहार गर्दै सचिन तेन्दुलकरको बराबरी गरेका छन्।

    कात्तिक १९, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकपमा अन्तर्गत आज घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ। विराट कोहली र श्रेयस ऐरको उत्कृष्ट ब्याटिङमा भारतले अफ्रिकासामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रन बनायो। विराट कोहलीले आफ्नो ३५ औं जन्मदिनमा ४९ ओडी शतक प्रहार गर्दै सचिन तेन्दुलकरको बराबरी गरेका छन्। तेन्दुलकरले ४५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए भने काेहलीले मात्र २७७ इनिङ्समा याे उपलब्धि हासिल गरेका छन्।  

    भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित १०१ रन बनाएका थिए। भारतका लागि श्रेयस ऐरले ७७ रन, रोहित शर्माले ४० रन, रविन्द्र जडेजाले २८ रन, शुभमन गिलले २३ रन र सुर्यकुमार यादवले २२ रन बनाएका थिए।

    बलिङमा दक्षिण अफ्रिकाका लुंगी नगाइदी, मार्को ह्यान्सन, कागिसो रबाडा, केशव महाराज, समान १/१ विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ