काठमाडौं : लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड र नागरिक लगानी कोषबीच शेयर प्रत्याभूति सम्बन्धी सम्झौता भएको छ। आइतबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र लोअर इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुसार लोअर इर्खुवा हाइड्रोले प्रति शेयर १ सय रुपैयाँको दरमा २८ लाख ५ हजार ७ सय ५० कित्ता अर्थात् २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ।
कोषका अनुसार सम्झौता हस्ताक्षर मितिदेखि यो सहमति ६ महिनासम्म लागू हुनेछ।



