काठमाडौं : सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले सुरुआती दिनदेखि नै भुक्तानी क्षेत्रलाई नयाँ दिशा दिएको थियो।
अहिले यसको सेवा विस्तारले अन्य विभिन्न क्षेत्रमा पनि ठूलो योगदान पुर्याइरहेको छ, र यसले नेपालका ७७ जिल्लाका ७ सय ५३ स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क विस्तार गर्न सफल भएको छ।
नेपालका प्रत्येक नागरिकको हातमा पुगिसकेको इसेवाले अहिले दैनिक जीवनका सेवासँगै यात्रा र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ। बस, राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मका टिकट खरीद गर्न सकिने इसेवाले पर्यटकीय विकासमा नयाँ क्षितिज खोल्दै आएको छ।
इसेवाले एक अर्को महत्वपूर्ण सेवा प्रस्तुत गरेको छ। इसेवा होटल्स जसले प्रयोगकर्ताहरूलाई नेपालका ५४ जिल्लाका प्रमुख सहरदेखि ग्रामीण भेगका होमस्टे सम्मका होटलहरू सजिलै बुक गर्नको लागि एक प्लेटफर्म प्रदान गर्दछ। यस सेवा मार्फत प्रयोगकर्ताले होटल बुकिंगलाई सहज र झन्झटमुक्त तरिकामा गर्न सक्नेछन्।
अहिले इसेवा होटल्स मा करिब ३ हजार ५ सय भन्दा बढी होटलहरू सूचीबद्ध छन्, जसलाई इसेवा एप वा इसेवा होटल्स को वेबसाइट मार्फत सरलै बुक गर्न सकिन्छ। यसमा अग्रिम भुक्तानी नगरी कुनै पनि सहरको होटल बुक गर्न सकिने सुविधा पनि उपलब्ध छ।
ग्रामीण क्षेत्रमा रहेका होमस्टे व्यवसायलाई प्रोत्साहन र सशक्त बनाउन, इसेवाले यूएसआईडी ट्रेड एण्ड कम्पेटिटिभनेससँग मिलेर विभिन्न सहयोग गर्दै आएको छ। यस साझेदारीबाट साना होटल र होमस्टेहरूको व्यवसायलाई प्राविधिक सहयोग र उत्साह मिलिरहेको छ, जसले दिगो पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
इसेवा होटल्सले साना र मझौला होटल व्यवसायीहरूलाई डिजिटल परिवर्तनको हिस्सा बनाउने कार्य गर्दै व्यवसायिक वृद्धिको बलियो आधार पनि प्रदान गरेको छ। यसले पर्यटन व्यवसायलाई प्रोत्साहन गर्दै समग्रमा आर्थिक समावेशीकरण र साना व्यवसायहरूको प्रगति सुनिश्चित गर्ने विश्वासलाई थप सशक्त बनाएको छ।
समग्रमा इसेवा होटल्स प्रयोगकर्ताको सहजता र पर्यटकीय विकाससँगै साना होटल व्यवसायको आर्थिक समृद्धिमा पनि सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ।



