काठमाडौं : सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० रुपैयाँको आधारमा ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।



