२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपिएलमा आज  जनकपुर र लुम्बिनी तथा चितवन र सुदूरपश्चिम भिड्दै

images

  • २०८१ मंसिर २३, आइतबार
  • 1.5K
    SHARES
  • एनपिएलमा आज  जनकपुर र लुम्बिनी तथा चितवन र सुदूरपश्चिम भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्नेछन्। लिगमा लुम्बिनीले अहिलेसम्म खेलेका तीनै खेलमा हार बेहोरेको छ।

    पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले तथा तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ। यता जनकपुरभने लगातार तिन खेलमा जित हासिल गर्दै चौथो हितको खोजीमा हुनेछ।

    यस्तै, दोश्रो खेलमा दुएशो दिउँसो १:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। चितवन राइनोजले तीन खेल खेलेकोमा २ खेल जित तथा १ खेलमा मात्रै हार व्यहोरेको छ भने सुदूरपश्चिम अघिल्ला तीनै खेलहरु लगातार जितेर अंक तालिकाको शीर्षस्थानमा छ। 

    जनकपुरमा अनिल शाह, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी कप्तान रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ