२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि हलबाट हटाइने, ‘चलचित्र कर्नरिङ गरियो’ निर्माताको आरोप

images

  • २०८१ मंसिर २२, शनिबार
  • 2.5K
    SHARES
  • ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि हलबाट हटाइने, ‘चलचित्र कर्नरिङ गरियो’ निर्माताको आरोप

    काठमाडौं : चलचित्र 'पूर्ण बहादुरको सारङ्गी' मंसिर २४ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी सेभेन सिज सिनेमाका अनुसार चलचित्रलाई सिनेमा घरहरूबाट कर्नरिङ गरिएकाले यो कदम उठाउन बाध्य भएको हो।

    कम्पनीले पछिल्लो समय देखिएका विभिन्न चुनौतीहरू र सिनेमा घरहरूबाट पर्याप्त प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

    '२०८१ मंसिर २४ गते सोमबारदेखि देशभरका सिनेमा घरहरूमा 'पूर्ण बहादुरको सारङ्गी' प्रदर्शन स्थगित गरिएको छ। यस निर्णयले दर्शकहरूलाई पर्न सक्ने असुविधाप्रति हामी माफी चाहन्छौं।' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    सिनेमा क्षेत्रको यो अवस्थाप्रति निर्माताहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। दर्शकहरूको रुचि र समर्थन पाउनका लागि अन्य उपायहरूबारे पनि छलफल भइरहेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ