काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।



