२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पत्रकार महासङ्घमा चौतारी र युनियनबीच नेतृत्वको बाँडफाँड

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.3K
    SHARES
  • पत्रकार महासङ्घमा चौतारी र युनियनबीच नेतृत्वको बाँडफाँड

    काठमाडौँ : नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनका लागि नेतृत्व बाँडफाँडका सम्बन्धमा प्रेस चौतारी र प्रेस युनियनबीच सहमति भएको छ।

    गएराति दुई पक्षका नेताहरूबीच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीले अध्यक्षसहित ५ पद लिने र युनियनले ८ पदमा उम्मेदवारी दिने सहमति भएको हो।

    जिल्ला नेतृत्वमा पनि बाँडफाँड
    जिल्ला अध्यक्षतर्फ चौतारीले ३२ र युनियनले ४२ पद लिने सहमति भएको छ। प्रेस चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकका साथै २२ सदस्यीय पदमा प्रतिनिधित्व गर्नेछ। बाँकी पदाधिकारीमा युनियनले उम्मेदवारी दिने सहमति भएको छ।

    प्रदेश नेतृत्वको बाँडफाँड
    प्रदेश स्तरमा कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष चौतारीले लिनेछन् भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानका अध्यक्ष युनियनले लिने सहमति भएको छ।

    महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ