काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२८६ बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रहेको छ, जसकै आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ। उक्त प्रस्ताव लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।



