काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत एक विकास बैंकको करिब २३ लाख कित्ता बोनस सेयर दोस्रो बजारमा कारोबारको लागि सुचिकृत भएको छ।
कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८ सय १५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ। कम्पनीले गते आर्थिक वर्षबाट कुल १२ प्रतिशत लाभाशं दिएको थियो जसमा ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं रहेको थियो।
नगद लाभाशं बापतको रकम साधारण सभाबाट पारित भए लगतै सम्बन्धित बैंक खातामा जम्मा गरिसकिएको र सूचिकृत भएको बोनस सेयर सेयरधनी महानुभावहरुको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ।



