२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ट्रम्पको विजयसँगै बिटक्वाइनको मूल्य ऐतिहासिक बिन्दुमा, एक बिटक्वाइनको मूल्य एक करोड ३४ लाख नाघ्यो

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.2K
    SHARES
  • ट्रम्पको विजयसँगै बिटक्वाइनको मूल्य ऐतिहासिक बिन्दुमा, एक बिटक्वाइनको मूल्य एक करोड ३४ लाख नाघ्यो

    काठमाडौं : बिटक्वाइनको मूल्य पहिलो पटक एक लाख डलर (एक करोड ३४ लाख रुपैयाँ) नाघेको छ। अमेरिकामा ४७औं राष्ट्रपतिको निर्वाचन सम्पन्न भएयता ४५ प्रतिशतले मूल्य वृद्धि भई, बिटक्वाइनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    विशेषज्ञहरूले यसको पछाडि डोनाल्ड ट्रम्पको विजयलाई मुख्य कारण मानेका छन्। ट्रम्पले आफ्ना विभिन्न सार्वजनिक सम्बोधनमा अमेरिकालाई "विश्वको बिटक्वाइन सुपरपावर" बनाउने वाचा गरेका थिए। क्रिप्टो उद्योगलाई समर्थन गर्ने ट्रम्पको नीतिले बिटक्वाइन लगानीकर्तामा ठूलो उत्साह थपेको देखिन्छ।

    यस्तै अमेरिकाको नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (SEC) का अध्यक्ष गेरी गेन्स्लर पदमुक्त भएपछि पनि क्रिप्टोकरेन्सी बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ। गेन्स्लरको नेतृत्वमा बाइडेन प्रशासनले क्रिप्टो कम्पनीहरूलाई व्यापक रूपमा दमन गर्दै आएको थियो।

    हाल क्रिप्टोकरेन्सी बजारमा देखिएको उछालले केही लगानीकर्तालाई ठूलो नाफा दिलाए पनि डिजिटल मुद्राको मूल्य अस्थिर हुने भएकाले जोखिमप्रति सचेत रहन विज्ञहरूले सुझाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ