काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानित गर्दै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार र डिनर कार्यक्रम ‘मिट द सीईओ’ सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेशबाट लक्ष्य हासिल गर्ने अभिकर्ताहरूलाई सीईओले मायाको चिनो प्रदान गर्दै अर्लि क्वालिफायर र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्नेहरूलाई विशेष सम्मान गरे। यो सम्मान कार्यक्रम यसअघि मधेश, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको थियो भने अब सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिने कम्पनीले जानकारी दिएको छ।
कार्यक्रमका क्रममा सीईओले कम्पनीका आगामी योजना र बीमा क्षेत्रलाई आधुनिक बनाउनका लागि चालिएका कदमहरू प्रस्तुत गरे। उनले ‘मिट द सीईओ’ स्किम अन्तर्गत नेपालभरका ३ सय भन्दा बढी अभिकर्ता छनोट भएको र उनीहरूको योगदानलाई कदर गरिएको बताए।
सहभागी अभिकर्ताहरूले सीईओसँग प्रत्यक्ष भेटघाटमा बीमा व्यवसायमा भोगेका चुनौती, गुनासा र समाधानका उपायहरूमाथि छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे।
यस प्रकारको योजनाले अभिकर्ता र कम्पनीबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै व्यवसायिक हित प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए।



