काठमाडौँ : हाल देशमा कुनै विशेष मौसमी प्रणाली सक्रिय छैन। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी क्षेत्रको मौसम भने सफा रहने देखिन्छ।



