२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली ८ विकेट पराजित

images

  • २०८१ मंसिर १७, सोमबार
  • 1.6K
    SHARES
  • एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली ८ विकेट पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ५ विकेटले हराउँदै सानदार दोस्रो जित हासिल गरेको छ। 

    कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक अविजित ६२ रन बनाएका थिए। यस्तै, आसिफ शेखले ३६ रन, लाहिरु मिलन्थाले २४ रन तथा जेम्स निशामले १६ रन बनाएका थिए। कप्तान अनिल शाहले यस एनपीएलमा अर्ध शतक प्रहार गर्न दोस्रो खेलाडी हुन्। उनले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरि अविजित ६२ रन बनाएका थिए।

    बलिङमा कर्णालीका लागि मौसम ढकाल र जिशान मकसूदले समान १/१ विकेट लिएका थिए । 

    यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएका थियो। कर्णालीका लागि गुलशन झाले ३६ रन,अर्जुन घर्तीले ३३ रन, सोमपाल कामीले २९ रन, शिखर धवनले १४ रन, बाबर हयातले १२ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट तथा हर्ष ठाकर, जेम्स निशाम, ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ