काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छिन्। श्रेष्ठले १ हजार ५ सय ८४ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३ सय ४० मत पाएका छन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी) का मीनबहादुर मानन्धरले ६ सय ५१ मत ल्याएका छन्। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६ सय २२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३ सय १४ र अर्का स्वतन्त्र सम शाक्यले १ सय १८ मत पाएका छन्।
यो जितसँगै श्रेष्ठ काठमाडौं महानगरपालिकाको एकमात्र महिला वडाध्यक्षको रूपमा स्थापित भएकी छिन्।



