२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा आज दुई खेल हुँदै

images

  • २०८१ मंसिर १७, सोमबार
  • 1.1K
    SHARES
  • एनपीएलमा आज दुई खेल हुँदै

    काठमाडौँ : आज नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई खेल हुँदै छ। जसमा पहिलो खेल काठमान्डु गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ भने आज हुने दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।

    काठमान्डु गुर्खाज र चितवन राइनोज : आज पहिलो खेल गुर्खाज र राइनोजबीच विहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। दुवै टोलीको नेतृत्वमा राष्ट्रिय टोलीका उत्कृष्ट ब्याट्सम्यान रहेका छन्। मिडियम पेस बलिङ र लोअर अर्डरमा प्रभावशाली ब्याटिङ गर्ने करण केसीले काठमाण्डु टोलीको कप्तानी गर्नेछन्। यस्तै, प्रतिभाशाली युवा अलराउण्डर कुशल मल्लले चितवन टोलीको नेतृत्व सम्हाल्नेछन्।

    काठमाडौँको टोलीमा राष्ट्रिय टिमका भिम शार्की छन् भने साथमा राष्ट्रिय टिममा खेलेका अनुभवी शाहब आलम र रासिद खान पनि टिमको हिस्सा छन्। घरेलु क्रिकेटमा ख्याति कमाएका शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, र यू-१९ विश्वकप खेलिसकेका दिपेश कँडेलजस्ता प्रतिभाशाली खेलाडीहरूले टिमलाई बलियो बनाएका छन्। विदेशी खेलाडीको आगमनले काठमाडौँको टोली अझ सन्तुलित देखिन्छ।

    चितवनको टोलीमा युवा खेलाडीको कप्तानी रहेको भए पनि अनुभव र युवाशक्ति मिश्रित टोली तयार भएको छ। टिमले राष्ट्रिय टिमका अनुभवी खेलाडी शरद भेषावकरलाई अक्सनबाट अनुबन्ध गरेको छ। साथै, हाल राष्ट्रिय टिममा रहेका बाँयाहाते मिडियम पेसर रिजन ढकालको समावेशीकरणले बलिङ आक्रमणलाई सुदृढ बनाएको छ।

    जनकपुर बोल्ट्स र कर्णाली याक्स : आज हुने दोस्रो खेल भने जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। जनकपुरको कप्तानि राष्ट्रिय टोलीका विकेटकिपर अनिल शाह छन् भने कर्णाली याक्सको कप्तानि राष्ट्रिय टोलीकै अलराउण्डर सोमपाल कामी रहेका छन्।

    जनकपुरमा अनुभवी र युवा खेलाडीहरूको सशक्त मिश्रण छ। विकेटकिपर आशिफ शेख,स्पिनर ललित राजवंशी, बलर रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, र हेमन्त धामीसँगै, आकाश त्रिपाठी, शुभ कङ्साकर, र शेर मल्लजस्ता खेलाडीहरूको उपस्थिति टोलीलाई प्रतिस्पर्धात्मक बनाएको छ। विदेशी खेलाडीहरूमध्ये न्यूजिल्याण्डका अनुभवी अलराउण्डर जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान, र इङ्ल्याण्डका बेन माइकको आगमनले जनकपुरको टोलीलाई थप सशक्त बनाएको छ।

    कर्णालीको टोलीमा नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिश विक्रम सिंह ठकुरी, र दीपक डुम्रे जस्ता प्रतिभाशाली खेलाडीहरूको उपस्थिति छ। टोलीले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ, जसले टोलीलाई थप बलियो बनाएको छ।

    भारतीय स्टार क्रिकेटर शिखर धवनको सहभागीता टोलीको प्रमुख आकर्षण हो। हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन, र ओमानका कप्तान जिशान मोक्सुदको समावेशीकरणले टोलीलाई अन्तर्राष्ट्रिय अनुभव र बलियो प्रदर्शनको आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। शिखर धवनलाई अनुबन्ध गर्न सफल भएपछि कर्णाली याक्सको चर्चा झनै बढेको छ। टोलीको खेलप्रति क्रिकेटप्रेमीहरू अत्यधिक उत्साहित देखिएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ