काठमाडौं : देशमा पश्चिमी वायुको सामान्य प्रभाव जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ, भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु देखिएको पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने अपेक्षा गरिएको छ। कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। तर, अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा नै रहनेछ।
आगामी केही दिनमा तापक्रममा कमी आउन सक्ने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



