२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल बैंकका ग्राहक र कर्मचारीहरुको लागि सिद्धि पोली प्याथ सेवामा विशेष छुट

images

  • २०८१ मंसिर १४, शुक्रबार
  • 1.5K
    SHARES
  • नेपाल बैंकका ग्राहक र कर्मचारीहरुको लागि सिद्धि पोली प्याथ सेवामा विशेष छुट

    काठमाडौं : नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबले बैंकका कर्मचारी र ग्राहकलाई आफ्ना विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

    नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याबबीच बुधबार भएको सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीहरूले ल्याबका विभिन्न स्वास्थ्य सेवाहरूमा छुट पाउनेछन्।

    सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए।

    यो साझेदारीले नेपाल बैंकसँग आवद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सम्झौताबमोजिम बैंकका कर्मचारी र खाता भएका ग्राहकहरूले ल्याबबाट प्रदान गरिने परीक्षण तथा अन्य स्वास्थ्य सेवाबाट लाभ लिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ