२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौद्रिक नीतिको समीक्षा: भोलि शुक्रबार सार्वजनिक हुने सम्भावना बलियो

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 1.5K
    SHARES
  • मौद्रिक नीतिको समीक्षा: भोलि शुक्रबार सार्वजनिक हुने सम्भावना बलियो

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ। बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलका अनुसार समीक्षा शुक्रबार सार्वजनिक हुने सम्भावना अत्यधिक छ।

    डा. पोखरेलले सम्बन्धित विभागले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिँदै यस पटकको समीक्षामा ठूलो नीतिगत परिवर्तनको सम्भावना न्यून रहेको बताए। उनका अनुसार वित्तीय बजारमा अहिले उल्लेखनीय हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेकोले समीक्षा तुलनात्मक रूपमा सामान्य हुने अपेक्षा छ।

    समीक्षा प्रकाशनसँगै बैंकिङ तथा वित्तीय क्षेत्रको वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत हुने र आगामी रणनीतिक कार्ययोजनाको दिशा तय गर्ने संकेत राष्ट्र बैंकले दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ