२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा दुई लघुवित्तको शेयर मूल्य समायोजन: विवरण यस्तो छ।

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 1.6K
    SHARES
  • नेप्सेमा दुई लघुवित्तको शेयर मूल्य समायोजन: विवरण यस्तो छ।

    काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई लघुवित्त कम्पनीहरूको शेयर मूल्य समायोजन भएको छ। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सले आफ्ना बोनश शेयर वितरणपछि शेयर मूल्य समायोजन गरेका हुन्।

    सपोर्ट माइक्रोफाइनान्सले १३.७७५ प्रतिशत बोनश शेयर वितरण गरेपछि यसको समायोजित शेयर मूल्य प्रतिकित्ता २ हजार ९ सय २४ रुपैयाँ तोकिएको छ। यसअघि कारोबार बन्द हुनु अघि कम्पनीको शेयर मूल्य ३ हजार ३ सय २७ रुपैयाँ थियो।

    यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३ प्रतिशत बोनश शेयर वितरणपछि यसको समायोजित मूल्य प्रतिकित्ता १ हजार ३ सय ५२ रुपैयाँ कायम गरिएको छ।

    उक्त मूल्य समायोजनले दुवै कम्पनीको शेयरधनीहरूलाई नयाँ बोनश शेयरसहित बजार मूल्यको सन्तुलन कायम गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ