काठमाडौँ : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते अन्तिम दिन रहेको छ जसमा फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।
फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट लघुवित्तले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १४ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र २ कम्पनीले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड : सभामा आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। जसमा १३.३ प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश समावेश छ।
साथै, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी काम गर्न, प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पारित गर्नेछ।
कम्पनीले लाभांश पारित गर्न मंसिर २८ गते आफ्नो १२ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड : सभामा आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट १४.५प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। जसमा १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश समावेश छ।
साथै, सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी काम गर्न, प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पारित गर्नेछ।
कम्पनीले लाभांश पारित गर्न पुस ६ गते आफ्नो १० औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा सुनसरीको इटहरीस्थित दिनेश दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।



