२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

images

  • २०८० कात्तिक १९, आइतबार
  • 646
    SHARES
  • भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

    कात्तिक १९, काठमाडौं : भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा निर्णय गर्न बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। 

    आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बताउनु भयो।

    उहाँका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ र उपचारको पहिलो केन्द्र नेपालगञ्ज र दोस्रो सुर्खेत बनाइएको पनि बताउनु भयो । यस्तै, सरकारले भूकम्प प्रभावितका लागि प्राप्त हुने विदेशी सहयोग स्वीकार गर्ने निर्णयसमेत गरेको जनाइएको छ।

    यसैबीच मन्त्रिपरिषदको बैठक सकिएलगत्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ