२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल प्रिमियर लिगका लागि क्यानले तोक्यो नयाँ टिकट मूल्य, सिजनल पासमा २०% छुट!

images

  • २०८१ मंसिर ११, मंगलबार
  • 1.6K
    SHARES
  • नेपाल प्रिमियर लिगका लागि क्यानले तोक्यो नयाँ टिकट मूल्य, सिजनल पासमा २०% छुट!

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य निर्धारण गरेको छ। क्यानले प्रतियोगिताका लागि साधारण, भीआईपी र सिजनल पासको छुट्टाछुट्टै मूल्य तोकेको छ।

    क्यानका अनुसार उद्घाटनको दिन जनरल टिकटको मूल्य ३०० रुपैयाँ र भीआईपी टिकटको मूल्य ७ सय रुपैयाँ तोकिएको छ। लिग चरणको अन्य खेलहरूको लागि जनरल टिकट ३ सय रुपैयाँ र भीआईपी टिकट ५ सय रुपैयाँमा उपलब्ध हुनेछ।

    प्लेअफको खेलहरूमा जनरल टिकट ५ सय रुपैयाँ र भीआईपी टिकट ७ सय रुपैयाँ पर्नेछ। फाइनल खेलको लागि जनरल टिकटको मूल्य ५ सय रुपैयाँ र भीआईपी टिकट १ हजार रुपैयाँ हुनेछ।

    सिजनल पासका लागि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सिजनल पासको मूल्य जनरल टिकटको लागि ४ हजार ४ सय ८० रुपैयाँ र भीआईपी टिकटको लागि ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ।

    यस प्रकार क्यानले एनपीएल २०२४ का लागि टिकट मूल्य निर्धारण गरेका छन् जसमा क्रिकेट प्रेमीलाई विभिन्न क्याटेगोरी अनुसार टिकट खरीद गर्ने सुविधा उपलब्ध छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ