२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि १३.०३ अङ्कले घट्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

images

  • २०८१ मंसिर ९, आइतबार
  • 1.6K
    SHARES
  • आज पनि १३.०३ अङ्कले घट्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

    काठमाडौँ : आज साताको पहिलो कारोबार दिन नेप्से १३.०३ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.०३ अंक घटेर २,६६७.४० विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स १.७६ अंक, फ्लोट इण्डेक्स ०.९४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

    आज कारोबार रकम पनि घटेको छ। आघिल्लो कारोबार दिन ८ अर्ब २५ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ७६ हजार ४ सय १८ पटकको कारोबारमा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ, भने ११ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ, भने १ सय ८१ कम्पनीको सेयर मूल्य घट्नुको साथै ८  कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ