काठमाडौँ : काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा आयोजित कार्यक्रममा वातावरण प्रदूषण गरेको भन्दै नेकपा एमालेलाई रु एक लाख जरिवाना गरेको छ।
कार्यक्रममा सहभागीहरूले फोहोर व्यवस्थापनको वेवास्ता गरी जथाभावी फोहोर फ्यालेको पाइएकोले महानगरले यो कदम चालेको हो। महानगरपालिकाले सार्वजनिक स्थानमा स्वच्छता र वातावरणीय संरक्षणको महत्त्वलाई ध्यानमा राख्दै आवश्यक कारबाही गरेको जनाएको छ।



