२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१ महिनामै २१ हजार बिक्री: दिपल एस ०५ ले बजार ततायो,नयाँ र अत्याधुनिक प्रविधिले चर्चा कमायो

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 2.4K
    SHARES
  • १ महिनामै २१ हजार बिक्री: दिपल एस ०५ ले बजार ततायो,नयाँ र अत्याधुनिक प्रविधिले चर्चा कमायो

    काठमाडौँ : दिपलले गत अक्टोबर २० मा सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक एसयुभी एस ०५ अहिले चिनियाँ बजारमा निकै लोकप्रिय बनेको छ। कम्पनीका अनुसार लन्च भएको पहिलो महिनामै एस ०५ ले २१ हजार ७ सय ३० युनिट अर्डर पाएको छ।

    सुरुवाती १० दिनमै १० हजार युनिट अर्डर पाउन सफल यो एसयुभी अत्याधुनिक फिचरका कारण ग्राहकबीच चर्चाको केन्द्र बनेको छ। चांगनको मातहतको ईभी ब्रान्ड दिपलले उत्पादन क्षमता सीमित भएकाले यस गाडीको समयमै डेलिभरी चुनौतीपूर्ण हुने जनाएको छ।

    कम्पनीले गत अक्टोबरमा २७ हजार ८ सय ६२ युनिट ईभी डेलिभर गरेकोमा एस ०५ बाट मात्रै २१ हजार बढी अर्डर प्राप्त भएपछि डेलिभरी व्यवस्थापन थप जटिल भएको हो।

    उल्लेखनीय फिचरहरू

    1. फोरके इन्टेलिजेन्ट क्यामेरा
      • ६४ जीबी स्टोरेज, जसले २१ हजार फोटो वा १२ घण्टाको भिडियो स्टोर गर्न सक्छ।
    2. इन्टेलिजेन्ट हेडलाइट
      • हुवावे एक्सपिक्सेल प्रविधिबाट चल्ने १.३ मिलियन पिक्सेलको हेडलाइटले १ सय २० इन्चको स्क्रिन प्रोजेक्सन गर्न सक्छ।
    3. एडभान्स्ड ड्राइभिङ असिस्टेन्स
      • पाँच हाई डेफिनेसन क्यामेरा, पाँच एमएम वेभ राडार र १२ अल्ट्रासोनिक राडार,
      • एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट,
    4. सुरक्षा र पावर
      • हाई स्ट्रेन्थ स्टिल-आल्मुनियम बडी,
      • ६ एयरब्याग,
      • १ सय ७५ किलोवाटको रियर इलेक्ट्रिक मोटर,
      • ५६.१२ किलोवाट आवरको लिथियम आयरन फस्फेट ब्याट्री, जसले ५ सय १० किलोमिटर रेन्ज प्रदान गर्छ।

    चार्जिङ सुविधा

    ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज गर्न मात्र १५ मिनेट लाग्छ।

    इन्टेरियर र टेक्नोलोजी

    गाडीभित्र १५.४ इन्चको २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रिन छ भने स्टेयरिङ ह्विल डी आकारको छ। यसमा दिपल ओएस ३.० अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।

    नेपाली बजारको सम्भावना

    हाल नेपालमा एमएडब्लु ग्रुपले दिपलका एल ०७ र एस ०७ गाडी बिक्री गर्दै आएको छ। आगामी दिनमा एस ०५ पनि नेपाली बजारमा प्रवेश गर्ने सम्भावना रहेको छ।

    एस ०५ आफ्नो अत्याधुनिक फिचर र उत्कृष्ट प्रविधिका कारण चिनियाँ बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि चर्चा कमाउँदैछ। नेपाली ग्राहकहरूले पनि चाँडै यस उत्कृष्ट ईभीको अनुभव लिन पाउने आशा गर्न सकिन्छ।

    s05-interior.jpgs05-cabin.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ