काठमाडौं: आज शुक्रबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरुमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।
यसरी चिसोको सुरुआत भएसँगै यी क्षेत्रमा जाने यात्रु र स्थानीयले मौसमअनुसारको तयारी गर्न महाशाखाले सुझाव दिएको छ।



