२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज यी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ मंसिर ५, बुधबार
  • 1.5K
    SHARES
  • आज यी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौँ : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा केही परिवर्तन देखिएको छ। पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहनेछ। यी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुन सक्नेछ।

    आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना कायमै छ।

    सामान्यतः अन्य भू-भागमा मौसम सफा रहने भएकाले दैनिक क्रियाकलापमा खासै असर पर्ने देखिँदैन। तर पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अद्यावधिक जानकारी लिनु उपयुक्त हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ