२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 1.4K
    SHARES
  • आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौं : आज देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखिएको छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली हुने अनुमान गरिएको छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। यसबाहेक, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ