२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जाडो मौसममा इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

images

  • २०८१ मंसिर ३, सोमबार
  • 2.9K
    SHARES
  • जाडो मौसममा इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

    काठमाडौँ : जाडो मौसमको आगमनसँगै सवारीसाधन स्टार्ट गर्नेदेखि अन्य काममा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। यो मौसममा सवारी साधनलाई पहिलेभन्दा बढी मर्मत गर्नुपर्ने हुन्छ। त्यस्तै चिसो मौसममा पेट्रोल वा डिजेलका सवारीसाधनभन्दा इलेक्ट्रिक सवारी साधनलाई बढी ख्याल राख्नुपर्ने हुन्छ।

    1. ग्यारेजमा पार्क गर्नुहोस्
      जाडो मौसममा इलेक्ट्रिक कारलाई सकेसम्म ग्यारेज भित्र पार्क गर्नुपर्छ। चिसो मौसममा कारको ब्याट्री छिट्टै डाउन हुन्छ, जसका कारण कार स्टार्ट गर्न कठिनाइको सामना गर्नुपर्छ। कार ग्यारेजमा पार्क गर्दा यसको तापले ब्याट्रीलाई लामो समयसम्म राम्रो राख्न मद्दत गर्छ।
    2. प्रि-हिट प्रयोग गर्नुहोस्
      धेरै इलेक्ट्रिक कारमा मोबाइल नियन्त्रित एप उपलब्ध हुन्छ, जसले कारलाई प्रि-हिट गर्न मद्दत गर्छ। प्रि-कन्डिसनले कारमा सुरुका केही मिनेटमा हुने समस्याबाट बच्न मद्दत गर्छ। यसका साथै, यात्रा सुरु गर्नु अघि आफ्नो गाडीको हिटर अन गरेर, यसले कारको इन्टेरियरलाई पनि तातो बनाउँछ।
    3. चार्जिङमा ध्यान दिनुहोस्
      जाडो मौसममा लिथियम प्लेटिङ ब्याट्री बढी क्षतिग्रस्त हुन्छ। फास्ट चार्जिङले यो छिटो तातो हुन्छ, जसका कारण लिथियम ब्याट्री भएका कारमा फास्ट चार्जिङ निषेध गरिएको हुन्छ। यस्तो ब्याट्री भएको गाडीलाई सामान्य चार्जरबाट चार्ज गर्नु राम्रो हुन्छ।
    4. टायरको एयर प्रेसर जाँच गर्नुहोस्
      चिसो मौसममा टायरको एयर प्रेसरमा कमी आउन थाल्छ। त्यसैले गाडीको टायर प्रेसर नियमित जाँच गर्नुपर्छ। सही एयर प्रेसर राख्दा इलेक्ट्रिक कारको रेन्ज राम्रो हुने र यसले यात्रा गर्दा अधिक दक्षता प्रदान गर्नेछ।
    5. हिटर र हिटेड सिट प्रयोग गर्नुहोस्
      इलेक्ट्रिक कारमा फ्युलबाट चल्ने इन्जिन प्रयोग हुदैन, त्यसैले कारको क्याबिनलाई न्यानो राख्न हिटर चलाउँदा ब्याट्री छिटो सकिन्छ। यो समस्याबाट बच्न हिटेड सिट फिचरको प्रयोग गर्नुपर्छ। यसले ईभी कारको रेन्ज बढाउँछ र बारम्बार चार्ज गर्न नपर्ने हुन्छ।

    जाडो मौसममा यी कुरामा ध्यान दिएर तपाईं आफ्नो इलेक्ट्रिक कारको प्रदर्शन र दीर्घायु दुवैलाई अझ राम्रो बनाउन सक्नुहुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ