२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अब घरमै बसेर बैंकिङ्ग सेवा प्रयोग गर्न सकिने, मुक्तिनाथ फाइदा एप सार्वजनिक

images

  • २०८१ मंसिर ३, सोमबार
  • 2.1K
    SHARES
  • अब घरमै बसेर बैंकिङ्ग सेवा प्रयोग गर्न सकिने, मुक्तिनाथ फाइदा एप सार्वजनिक

    काठमाडौँ : मुक्तिनाथ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवा सुधार गर्दै नयाँ ‘मुक्तिनाथ फाइदा एप’ सार्वजनिक गरेको छ। यो एपले डिजिटल भुक्तानीलाई थप प्रोत्साहन दिने उद्देश्य राखेको छ, जसले ग्राहकहरुलाई घरमै बसेर सरल र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्नेछ।

    एपको सुविधामा ग्राहकले एकै पासवर्डको माध्यमबाट मोबाइल फोन र वेबबाट आफ्नो खाता सुरक्षित तरिकाले सञ्चालन गर्न सक्नेछन्। साथै एपमा विभिन्न सुरक्षा प्रश्नहरूको व्यवस्था गरिएको छ, जसले अनधिकृत व्यक्तिको पहुँचलाई रोक्ने काम गर्छ।

    नयाँ एपमा थपिएको अन्य सुविधामा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ-कर्मस कार्ड सकृयकरण, भाषा छनौट, विदेशी मुद्रा विनिमय दर, व्याजदर, कारोवारको सिमा, बैंकका सेवाहरुको जानकारी, कारोवार सफल नभएमा दाबी गर्न, गुनासो र सुझाव दिनु, चेक बुक अनुरोध, खर्च र आम्दानीको ग्राफ लगायत धेरै सुविधाहरु उपलब्ध छन्।

    यसबाहेक, मुक्तिनाथ विकास बैंकले नेपालको पहिलो सामूहिक लगानी कोष, ‘मुक्तिनाथ म्युचुअल फण्ड’को सार्वजनिक निष्काशन यहि मंसिर महिनामा गर्ने तयारी गरेको छ।

    यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ