काठमाडौं : आज सोमबार देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, सोमबार राति पनि यी क्षेत्रमा आंशिक बदली रहन सक्ने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने दिनभरि र राति मौसम मुख्यतया सफा रहनेछ।



