काठमाडौं: आज आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली हुने सम्भावना छ, भने अन्य क्षेत्रहरूको मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।
आइतबार राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। तर बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।



