२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बंगलादेशमा नेपाली बिजुली निर्यात: आज शुक्रबार ऐतिहासिक दिन, दिउँसो १२:४५ बजे

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 2.0K
    SHARES
  • बंगलादेशमा नेपाली बिजुली निर्यात: आज शुक्रबार ऐतिहासिक दिन, दिउँसो १२:४५ बजे

    काठमाडौँ : नेपालले पहिलो पटक बंगलादेशमा बिजुली निर्यातको ढोका खोलेको छ। भारतले नेपालको प्रस्तावित त्रिशूली (२५ मेगावाट) र चिलिमे (२२ मेगावाट) जलविद्युत् परियोजनालाई स्वीकृति दिएपछि नेपालबाट पहिलोपटक बंगलादेशतर्फ बिजुली पठाउने बाटो खुलेको हो। यो अनुमति बिहीबार भारतले पठाएसँगै नेपाललाई ऐतिहासिक अवसर प्राप्त भएको छ।

    नेपाल र बंगलादेशबीचको सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्र बिजुली बिक्री गर्न पाइने समयसीमा भएकाले नेपालले आज कात्तिक ३० गते, एक दिनका लागि मात्रै ४० मेगावाट बिजुली निर्यात गर्नेछ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले यो ऐतिहासिक कदमको जानकारी दिएका छन्।

    शुक्रबार दिउँसो १२:४५ मा दुवै देशका ऊर्जामन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेपछि भारतको मार्ग हुँदै औपचारिक रूपमा बिजुली बंगलादेशतर्फ पठाइनेछ। यो दिनलाई नेपालले आफ्नो बिजुली निर्यातको क्षेत्रमा ऐतिहासिक दिनको रूपमा लिएको छ। यो सफलताले नेपालको ऊर्जा क्षेत्रमा मात्र होइन आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि नयाँ सम्भावनाको ढोका खोलेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ