२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा ९९ किलोवाटको नयाँ ईभी: जगदम्बा मोटर्सको जीएसई इलाईट ईभी सार्वजनिक

images

  • २०८१ कात्तिक २९, बिहीबार
  • 1.9K
    SHARES
  • नेपालमा ९९ किलोवाटको नयाँ ईभी: जगदम्बा मोटर्सको जीएसई इलाईट ईभी सार्वजनिक

    काठमाडौँ : नेपालमा नयाँ इलेक्ट्रिक ईभी ल्याउने तयारी गर्दै जगदम्बा मोटर्सले ९९ किलोवाटको मोटर सहितको जेएमईभी ब्रान्डको जीएसई इलाईट ईभी नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको छ। यस ईभीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    जेएमईभीको जीएसई इलाईट ईभी एक फोर डोर, फाइभ सिट सेडान हो जुन राइड ह्यान्ड ड्राइभमा उपलब्ध छ। यसको लम्बाई ४,६७५ एमएम, चौडाइ १,८३५ एमएम र उचाइ १,४८० एमएम छ। यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ।

    यो गाडीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ जसले सिंगल चार्जमा ४२० किलोमिटरको दूरी (एनईडीसी) कभर गर्न सक्छ। सीसीएस-२ चार्जिङ पोर्ट सपोर्ट गर्ने यो गाडीलाई ३० मिनेटमा फास्ट चार्जर मार्फत ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

    जीएसई इलाईट ईभीमा विभिन्न सुरक्षा र सुविधा विशेषताहरू छन् जसमा रियर पार्किङ राडार, ३६० डिग्री अराउन्ड भ्यु मिरर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट वार्निङ, किलेस इन्ट्री, प्यासिभ इन्ट्री प्यासिभ स्टार्ट (पीईपीएस), रिमोट की, रेन सेन्सिङ वाइपर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबीएस, ईबीडी, ईएससी, ईबीए, एचएसए जस्ता फिचरहरू समावेश छन्।

    कम्पनीले इलाईट, ईभी२ र ईभी३ जस्ता विभिन्न ईभी मोडेलहरू उत्पादन गर्दै आएको छ। जगदम्बा मोटर्सले नेपालमा इलाईटको राइड ह्यान्ड भर्सन ल्याउने छ। यसका थप विवरणहरू चाँडै सार्वजनिक गरिने कम्पनी स्रोतले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ