२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२७ देशका ८१ चेम्बरलाई पछाडि पार्दै उद्योग संगठन मोरङलाई अन्तर्राष्ट्रिय सम्मान

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.8K
    SHARES
  • २७ देशका ८१ चेम्बरलाई पछाडि पार्दै उद्योग संगठन मोरङलाई अन्तर्राष्ट्रिय सम्मान

    काठमाडौँ : नेपालको औद्योगिक नगर विराटनगरस्थित उद्योग संगठन मोरङले विश्वस्तरको सम्मान "सिएसीसीआई उत्कृष्ट लोकल चेम्बर अवार्ड" जितेको छ। यस अवार्डले संगठनको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिएको छ, जहाँ २७ देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै यस अवार्ड प्राप्त भएको हो।

    उद्योग संगठन मोरङलाई ट्रफी र २ हजार ५ सय अमेरिकी डलरसहितको यो प्रतिष्ठित अवार्ड आगामी नोभेम्बर ११ र १२ मा सिंगापुरमा आयोजना हुने ३८औं एसिया प्यासिफिक इकोनोमिक फोरममा वितरण गरिनेछ। यसअघि पनि गत चैतमा नेपाल उद्योग वाणिज्य महासंघबाट उत्कृष्ट संगठनको रूपमा सम्मानित यस संगठनले फेरि एकपटक नेपालको उद्योग क्षेत्रलाई गौरव दिलाएको छ।

    सीएसीसीआईले यो उपाधि प्रदान गर्दा चेम्बरहरूले स्थानीय औद्योगिक गतिविधि, नीति निर्माणमा गरेको पैरवी र आर्थिक विकासका लागि गरेका योगदानलाई आधार मानेको थियो। उद्योग संगठन मोरङका महानिर्देशक चूडामणी भट्टराईका अनुसार संगठनले उत्कृष्ट कार्यका कारण विश्वका ८१ वटा चेम्बरलाई पछि पार्दै यो प्रतिष्ठित उपाधि जित्न सफल भएको हो।

    सन २००६ मा पोखरा उद्योग वाणिज्य संघले यस उपाधि प्राप्त गरेपछि दोस्रोपटक नेपालको उद्योग संगठनले यो अवार्ड जित्न सफल भएको हो। सिएसीसीआईमा नेपालसहित दक्षिण एसियाबाट बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका केन्द्रीय चेम्बर सदस्य छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ