२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि काठमाडौंका विभिन्न स्थानमा एक सातासम्म दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने,

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 3.1K
    SHARES
  • आजदेखि काठमाडौंका विभिन्न स्थानमा एक सातासम्म दैनिक चार घण्टा विद्युत् आपूर्ति बन्द हुने,

    काठमाडौं : आज कात्तिक २८ गते बुधबारदेखि एक सातासम्म काठमाडौंका केही स्थानमा दैनिक चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्न लागेकाले विद्युत् आपूर्ति रोकिने जानकारी दिएको छ।

    यस क्रममा बुधबार, बिहीबार र शुक्रबार (कात्तिक २८, २९, र ३० गते) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ।

    त्यस्तै, मंसिर २, ३ र ४ गते आइतबार, सोमबार र मंगलबार, बिहान ११ देखि दिउँसो ३ बजेसम्म, कलंकी र सतुंगल क्षेत्रका विभिन्न स्थानमा चार घण्टा बिजुली बन्द हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ